बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश गण्डकी प्रदेश

मनास्लु क्षेत्रमा ३ विदेशी पर्यटक बेपत्ता

पाङबारी पिकको क्याम्प–१ बाट उनीहरु सम्पर्कविहीन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
मनास्लु क्षेत्रमा ३ विदेशी पर्यटक बेपत्ता
गोरखा, कात्तिक १७ :

गत मंगलबारदेखिकाे भारी हिमपातपछि मनास्लु क्षेत्रमा ३ विदेशी पर्यटक बेपत्ता बनेका छन् । कात्तिक १ गते चुमनुव्री–१ को पाङबारी पिक आरोहणका लागि पुगेका २ इटालियन नागरिक बेपत्ता छन् ।

पाङबारी पिकमा फसेका ६ मध्ये ४ जनाको आइतबार उद्धार भए पनि २ जना सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । पिक आरोहणका लागि पुगेका इटालियन नागरिक ६७ वर्षीय स्तेफानो फर्रोनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले बताए ।

बेपत्ता इटालियन नागरिकको खोजीका लागि सोमबार ३ जनाको पर्वतीय खोज तथा उद्धार टोली पाङबारी पिक जान लागेको उनले बताए । उद्धार टोली साम्दोसम्म हेलिकाेप्टरमा आएर साम्दोबाट पिकसम्म पैदल जानेछन् । साम्दोबाट पाङबारी पिक झन्डै ५ घण्टाको पैदलयात्रापछि पुगिन्छ । ६८८७ मिटर उचाइको पाङबारी पिकको क्याम्प–१ बाट उनीहरु सम्पर्कविहीन वनेका हुन् ।

उनीहरु मध्ये खुट्टामा चोट लागेका ६५ वर्षीय भेल्टर पेरलिनो हिमपातपछि नेपाली सहयोगीसहित तल्लो क्याम्पमा आएर बसेका थिए । स्टेफानो र अलेस्सान्द्रो क्याम्प १ मै बसेको र चार दिनदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मनास्लु पदमार्गअन्तर्गत चुमनुव्री–३ न्याकफेदीको पहिरोमा परी शुक्रबार बेपत्ता चेक रिपब्लिककी नागरिक ५४ वर्षीय काटेरिना रसकोभाको पनि अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण लार्केपास गर्न नसकेपछि उनी कात्तिक १२ गते सामागाउँबाट फर्किएकी थिइन् । शुक्रबार हिँड्ने क्रममा ढुङ्गासहितको पहिरोमा परेर उनी बेपत्ता बनेकी हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार