
काठमाडौं, कात्तिक १७ :
प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनपछि सम्पन्न भएका कार्यहरूको प्रगति विवरण लिनका लागि सोमबार सबै मन्त्री र सचिवहरूको संयुक्त बैठक गरेकी छन्। सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका सचिवहरूले आफ्नो–आफ्नो मन्त्रालय र मातहतका निकायहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।
यस्तै बैठकमा मन्त्रीहरूले पनि आफ्ना मन्त्रालयका कामकारबाही, आगामी योजना र नीति कार्यान्वयनमा देखिएका समस्या र सम्भावित समाधानबारे प्रस्तुत गरिरहेका छन्।
प्रधानमन्त्री कार्कीले हालसम्मको कार्यप्रगति सुनेपछि आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्न र कार्यान्वयनमा देखिएका चुनौतीहरू समाधान गर्न विशेष ध्यान दिन आग्रह गरेकी छन्। प्रधानमन्त्रीले समग्र सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन नियमित समिक्षा बैठकलाई निरन्तरता दिने योजना बनाएकी छन्।