मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति

सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्नेमा जोड

· आइतबार, ७ असोज, २०८१ मा प्रकाशित
सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्नेमा जोड
काठमाण्डौँ , असोज ७ :

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिनुभएको छ।

‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, सङ्घसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद्द्वारा आज आयोजित ४५ औँ सामाजिक सेवा दिवस समारोहमा उहाँले सामाजिक सङ्घसंस्था समाज प्रति उत्तरदायी हुने हुँदा प्रभावकारी र पारदर्शी हुनुपर्ने बताउनुभयो।

समाजसेवी प्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन भन्दै पछि परेका वर्ग र समुदायको कल्याणमा समाजसेवीको ध्यान जान जरुरी रहेको उहाँको भनाइ थियो।

उहाँले समाजकल्याण परिषद्बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो। 

समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्ने उहाँले बताउनुभयो।

परिषद्का सदस्य सचिव मनोज भट्टले आर्थिक वर्ष २०८०- ८१ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग ४४ वटा परियोजनासँग सम्झौता भई २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार छ सय ६३ को प्रगति हासिल भएको जानकारी गराउनुभयो।

उक्त आर्थिक वर्षमा १२ करोड ७१ लाख आम्दानी अपेक्षा गरिएकामा १७ करोड चार लाख आम्दानी भएको उहाँले जानकारी गराउनुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार