
काठमाडौं, कात्तिक १८ :
माओवादी केन्द्र छाडेका नेताहरु जनार्दन शर्मा र राम कार्कीले ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गरेका छन्। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले ‘विद्रोह गर्नु अधिकार हो’ भन्दै एकीकृत समाजवादी आन्दोलन अघि बढाउने घोषणा गरेका हुन्।
शर्मा र कार्कीले नेपाली विशेषताको समाजवाद निर्माणका लागि नयाँ अभियान सुरु गरेको जनाएका छन्। शर्माले भने, ‘सुधारको योजना बोकेर नयाँ पुस्तालाई अघि बढाउने योजना छ।’
कार्कीका अनुसार देशभरका वामपन्थी र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यले यो अभियानलाई अघि बढाइएको हो।
शर्मा, कार्की, अञ्जना विशुंखेललगायत माओवादी केन्द्रका केही शीर्ष नेताहरूले पार्टी परित्याग गरेका छन्। उनीहरूले नेकपा एकीकृत समाजवादीलगायत आठ दलबीचको एकता प्रक्रियाप्रति असहमति जनाउँदै नयाँ दिशा लिएका हुन्।