
काठमाण्डौँ , असोज ७ :
बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको जनाएको हो ।
यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।