बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार

हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान, इन्द्रजात्रादेखि रात्रिमा बालिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान, इन्द्रजात्रादेखि रात्रिमा बालिने
काठमाडौं, भदौ २३ :

यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिरमा रात्रिकालीन बत्ती बाली भिलिमिली बनाइँदैछ । रात्रीकालीन बत्ती बाल्ने क्रम जैसीदेवलबाट सुरु गरिएको काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान गरिसकिएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले जानकारी दिए । नमूनाका रूपमा जैसीदेवलमा पाँच महिना अघिदेखि रात्रिकालीन बत्ती बाल्न सुरु भइसकेको उनले बताए।

बत्तीको तार भूमिगत बनाउन भने पुरातत्व विभागले स्वीकृति नदिएको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रमा रङ्रोगन र साजसजावट सुरु भएको छ । यस वर्षको इन्द्रजात्रा असोज ९ गते परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार