
काठमाडौं, कात्तिक १८ :
माओवादी महाधिवेशन आयोजक समितिको बैठकले नेकपा (एस) लगायतका दलहरूसँग पार्टी एकता गर्ने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ। समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको एकतासम्बन्धी प्रस्ताव बैठकले अनुमोदन गरेको हो।
प्रज्ञा प्रतिष्ठानमा बसेको उक्त बैठकमा संयोजक दाहालले पार्टी एकताका लागि पूर्व एमाले नेता भीम रावलसँग समेत छलफल भइरहेको जानकारी गराएका थिए।
बैठकमा दाहालले एकीकृत पार्टीमार्फत समाजवादी क्रान्तिको अभियानलाई अघि बढाइने उल्लेख गर्दै यो अभियान कुनै हालतमा नरोकिने स्पष्ट पारे।
माओवादी बैठकले पार्टी एकता प्रस्ताव पारित गरिरहँदा सोही पार्टीका नेताहरु जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरुले भने पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपाल घोषणा गरेका छने ।