बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

जेनजी आन्दोलनमा नख्खु कारागारबाट बाहिरिएको घटनाबारे जाँचबुझ आयोगले गर्‍यो रविसँग सोधपुछ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १९ कात्तिक, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नख्खु कारागारबाट बाहिरिएको घटनाबारे जाँचबुझ आयोगले गर्‍यो रविसँग सोधपुछ
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय लगिएको छ।

‘जेनजी आन्दोलन’को क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बुधबार लामिछानेलाई बयानका लागि बोलाएको हो।

नख्खु कारागार स्रोतका अनुसार आयोगले सोधपुछका लागि झिकाउन निर्देशन दिएपछि लामिछानेलाई आज बिहान कारागारबाट सिंहदरबारतर्फ लगिएको हो।

सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए। तर, कारागार प्रशासनले त्यसबेला दिएको भनिएको पत्रको आधिकारिकतामाथि प्रश्न उठेको थियो। पछि उनी पुनः कारागारमै फर्किएका थिए।

घटनाको वस्तुस्थिति बुझ्न जाँचबुझ आयोगको टोली गत सोमबार नख्खु कारागार पुगेको थियो। त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार