काठमाडौं, कात्तिक १९ :

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित  साना ९ कम्युनिस्ट दलको एकता घोषणा सभा काठमाडौंको भृकटीभण्डमा जारी रहेको छ। सभामा नेताहरुले पालैपालो पार्टी एकताको आवश्यकता र औचित्यका बारेमा आफ्ना धारणाहरु राखिरहेका छन् ।

यद्यपि उनीहरूले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा राख्ने सहमति गरिसकेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ। एकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्।