आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

· शुक्रबार, २१ कात्तिक, २०८२ मा प्रकाशित
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
काठमाडौं, कात्तिक २१ :

स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।

शाखाप्रमुख लीला विक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्ष सम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने छ  । दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ ।

यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्य कर्मी परिचालन भएका छन् ।  

बालबालिकामा कुपोषणको जोखिम हुननदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार