
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगत र वर्तमानको राजनीतिका बारेमा चर्चा गरेका छन् ।
एमाले शिक्षा तथा मानवस्रोत विभागले राजधानीमा शुक्रबार गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले जेनजी आन्दोलन र राजनीतिक घटनाक्रमकाबारे चर्चा गरेका हुन् । उनले जेनजी आन्दोलनलाई हाहुको संज्ञा दिएका छन् ।
प्रधानन्यायाधीश भएको व्यक्ति आफैंले कानुनलाई मिचेर प्रधानमन्त्री बनेको भन्दै ओलीले यो सरकार असंवैंधानिक भएको बताए ।
संविधानको धारा ७६ बाहेकका व्यक्ति प्रधानमन्त्री बन्न नपाउने बताए । संविधान स्पष्ट व्यवस्थालाई मिचेर जथाभावि गर्ने कुरा जनताले नखोजेको र आतंकवादलाई प्रसय दिने काम भएको बताए ।
सरकारको काम चुनाव गराउने भने पनि देशको अर्थमन्त्र चौपट पार्न काम भएको ओलीले बताए । अहिले उद्योगधन्दा कल कारखानाहरु सबैजसो बन्द अवस्थामा रहेको उनले बताए । नागरिक सर्वोच्चता भनेको आगो लगाएर प्राप्त हुने कुरा नभएको बताए ।