बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

आलमको निधनपछि स्थगित भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

· मंगलबार, २५ कात्तिक, २०८२ मा प्रकाशित
आलमको निधनपछि स्थगित भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं, कात्तिक २५ :

पूर्व मन्त्री तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

आलमको निधन भएपछि आइतबार र सोमबार केन्द्रीय समिति बैठक स्थगित गरिएको थियो ।  बैठक पुन:आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ ।

महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा राखिरहेका छन् ।निर्वाचन अघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने बिषयमा छलफल जारी छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार