
काठमाण्डौँ , असोज ८ :
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ५९ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।