मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कांग्रेस बैठकमा घिमिरेको प्रस्ताव : प्रतिनिधिसभा पुनःस्थापनालाई औपचारिक एजेन्डा बनाऊँ

८८ मध्ये ४४ सांसद् पुनःस्थापनाको पक्षमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
कांग्रेस बैठकमा घिमिरेको प्रस्ताव : प्रतिनिधिसभा पुनःस्थापनालाई औपचारिक एजेन्डा बनाऊँ
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक २६ :

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा तत्कालीन संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीले प्रतिनिधिसभा पुनःस्थापनालाई औपचारिक एजेन्डा बनाउन आग्रह गरेका छन्।

घिमिरेले केही दिनअघि विघटित संसद्‌का सांसदहरूमार्फत हस्ताक्षर संकलन गरेका थिए। उनका अनुसार तत्कालीन ८८ मध्ये ४४ सांसदले पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्।

‘संसद्‌ विघटन असंवैधानिक भएको पार्टीले पहिले नै निर्णय गरिसकेको छ,’ घिमिरेले भने, ‘त्यो असंवैधानिक कदम सच्चाउने भनेको प्रतिनिधिसभा पुनःस्थापनाकै माध्यम हो।’

उनका अनुसार पार्टीले पुनःस्थापनाको एजेन्डा नलिएर चुनावमा जान खोजे तत्कालीन सांसदहरूले सर्वोच्च अदालतमा जान अनुमति दिनुपर्ने माग गरेका छन्।

यसैबीच, कांग्रेस बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएपछि पदाधिकारीहरूको धारणा सुन्न थालिएको छ। संस्थापन र इतर पक्षबीच महाधिवेशनबारे विवाद अझै टुंगिएको छैन।

संस्थापन पक्षले पुस मसान्तसम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ। यसअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेता शेखर कोइराला पनि अब विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

विधानअनुसार, विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले आफैं वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमा बोलाउन सकिन्छ। असोज २९ गते नै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिसकेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार