बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

विदेश जान नपाउने निर्णयसँगै पूर्वआईजीपी खापुङ निगरानीमा

स्वीकृतिबिना उपत्यका पनि छाड्न नपाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २७ कात्तिक, २०८२ मा प्रकाशित
विदेश जान नपाउने निर्णयसँगै पूर्वआईजीपी खापुङ निगरानीमा
काठमाडौं, कात्तिक २७ :

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरिएको छ।

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले २३ र २४ भदौमा भएका घटनाको अनुसन्धानका क्रममा खापुङलाई विदेश जान नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो।

आयोगले उनको उपत्यका बाहिरको आवतजावतसमेत गृह मन्त्रालयको स्वीकृतिबिना गर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको छ।

यसअघि आजदेखि लागू हुने गरी सरकारले दानबहादुर कार्कीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ। कार्कीले आजै गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार