काठमाण्डौँ , असोज ८ :

प्रतिनिधि सभा अन्तर्गत आज दुई वटा समितिका बैठक बस्दै छन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे बस्दै छ ।
 
बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसङ्ख्याको अवस्था सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ ।
 
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।