काठमाडौं, कात्तिक २८ :

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेकोे छ । नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले  पाँच दिन म्याद  थप गरेको हो। 

यसअघि  शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद थपका लागि  प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी थिइन् । सोही  अनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप  गरेकोे  उनले बताइन् ।

राष्ट्रिय परिचय नम्बरको आधारमा  मतदात नामावलीमा नाम संकलन गर्न पाउने भएसँगै  युवा पुस्ताको  संख्या  बढेको उनले बताइन् ।आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको चुनावका लागि निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बन्ने उनको विश्वास छ ।

काराबारबाट भागेको कैदीका कारण चुनौति थपिएको भएपनि सरकार आगामी निर्वाचनलाई भयरहित  ातावरणमा सम्पन्न गराउन  तथा सुरक्षाको प्रत्याभूति गराउन प्रतिबद्व रहेको उनले बताइन् । आयोगले यसअघि कात्तिक ३० गतेसम्म नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो।

आयोगका कार्यालयहरूमा भीड बढेपछि अनलाइन मार्फत आवेदन लिन सुरु गरिएको छ। राष्ट्रिय परिचय पत्र भएका नागरिकहरूले आयोगको अनलाइन पोर्टलमार्फत बायोमेट्रिक डाटासँग लिंक गरेर सजिलै नाम दर्ता गर्न सक्नेछन्। प्रधानमन्त्रीको आग्रहअनुसार समयसीमा थपिएसँगै मतदाता पनि थपिने छन् ।