काठमाडौं, कात्तिक ३० :
गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । समसामयिक सुरक्षा परिस्थितिबारे छलफल गर्न सुरक्षा समितिको बैठक बोलाइएका हुन् ।
बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी हुनेछन् ।
बैठकमा विभिन्न समूहले घोषणा गरेका प्रदर्शन र आन्दोलनका कार्यक्रमबारे समेत छलफल हुने बताइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने