
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक ३० :
गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । समसामयिक सुरक्षा परिस्थितिबारे छलफल गर्न सुरक्षा समितिको बैठक बोलाइएका हुन् ।
बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी हुनेछन् ।
बैठकमा विभिन्न समूहले घोषणा गरेका प्रदर्शन र आन्दोलनका कार्यक्रमबारे समेत छलफल हुने बताइएको छ ।