बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सहिद बोहराकी आमा भन्छिन्– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३० कात्तिक, २०८२ मा प्रकाशित
सहिद बोहराकी आमा भन्छिन्– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्
महेन्द्रनगर, कात्तिक ३० :

गत भदौ २३ गते साँझ बझाङ खप्तडछान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त थिइन् । साँझपख बझाङका आफन्तले खबर पुर्‍याए, ‘तिम्रो छोरा अब यस संसारमा रहेन ।’

सन्तानलाई राम्रो शिक्षादिक्षा दिन सकूँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आएकी उनलाई संसार सकिएजस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगेजस्तै भयो ।

बोहराका जेठो छोरा सुभासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौँमा गोली प्रहारबाट मृत्यु भएको थियो । जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनुपर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन ।

‘अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिएँ, छोराको मृत्युको खबर आयो’, कैलीदेवीले सुनाइन् ।

कैलीदेवी करिब १० महिनाअघि मजदुरी गर्नका लागि बैङ्ग्लोर पुगेकी थिइन् । छोराको मृत्युपछि बैङ्ग्लोरमा रहेका आफन्तले पैसा जुटाएर विमानमार्फत काठमाडौँ पठाएको उनले बताइन् । अहिले उहाँ कान्छो छोरा सन्दीपसँग काठमाडौँ सिनामङ्गलमा रहेको डेरामा दिन कटाइरहेकी छिन् । ‘छोरा गुमाएपछि के गर्ने भन्ने सोच्नै सकेकी छैन, बाँकी दिन कसरी कटाउने हो टुङ्गो छैन’, उनले सुनाइन्, ‘सुभास विदेश गएर परिवार पाल्छु भन्थ्यो, आफैँ अस्तायो ।’

सुभासले सहादत प्राप्त गरेपछि कैलीदेवीले धनगढीमा कक्षा–९ मा पढिरहेको छोरा सन्दीपलाई लिएर काठमाडौँ आएकी हुन् । ‘अहिले सन्दीपलाई एक जना म्याडमले तीनकुनेमा रहेको एउटा स्कुलमा तीन वर्षसम्म पढाइदिन्छु भन्नुभएको छ । छोरा पढाउने जिम्मा एक जना म्याडमले लिनुभएको छ, बाँकी अहिलेसम्म सञ्चो विसञ्चोसम्म सोध्न कोही आएको छैन’, उनले भनिन्, ‘हामी आमाछोरा टुहुरा जस्तै भएर बसेका छौँ ।’

काठमाडौँमा बस्न सुरु गरेपछि पैसाको अभाव बढ्दै गएको छ । डेरा भाडा मासिक  ६ हजार छ, त्यसको जोहो कसरी हुन्छ भन्ने पनि थाहा छैन ।

कैलीदेवीको जीवनमा आइपरेको दुःख यो नयाँ होइन, गत वर्ष श्रीमान् बेपत्ता भएपछि नै सुरु भएको हो । उहाँका श्रीमान् दीपक बोहरा भारतको बैङ्ग्लोरमा मजदुरी गर्थे। एक वर्षअघि घर आएका दीपक बझाङबाट धनगढी झरेका थिए । त्यसपछि परिवारसँग सम्पर्क छैन । श्रीमान् हराएपछि उहाँ आफैँ मजदुरी गर्न बैङ्ग्लोर पुगेका थिए ।

‘दश महिना बैङ्ग्लोरकमा घरघरमा पुगेर भाडामाझे, महिनामा २० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो, दसैँमा घर जान कान्छो छोरालाई रु १० हजार पठाएकी थिएँ, सुभासले केही दिनपछि पठाए पनि हुन्छ भनेको थियो’, उनले भनिन् । पहिले श्रीमान् र अहिले छोराले छाडेर गएपछि कैलीदेवीको परिवारमा आमा छोरामात्रै थिए । आम्दानी नभएपछि परिवारमा आर्थिक सङ्कट चुलिन थालेको छ । अहिले उनी काठमाडौँमा छोरासँगै बस्नका लागि आयस्रोतको बाटो खोज्दै छिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार