बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति स्वास्थ्य भिडियो

‘वीर अस्पतालको सेवा निजी अस्पतालको भन्दा कम छैन’

बिरामीहरुको गुनासो सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ मंसिर, २०८२ मा प्रकाशित
‘वीर अस्पतालको सेवा निजी अस्पतालको भन्दा कम छैन’
काठमाडौं, मंसिर १ :

स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजी अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

उनले अझै पनि अस्पतालमा आउने बिरामीहरुको केही गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिइन् । अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न उनले ध्यानाकर्षण गराइन् । मन्त्री गौतमले दरबन्दीको समस्या समेत समाधान गरिने उल्लेख गरिन्।

सो क्रममा वीर अस्पतालका अधिकारीहरुले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसियु र एचडियुमा ११० वेडको व्यवस्था गरिएको जानकारी गराएका थिए । 

उनीहरुले अझै पनि अस्पतालमा जनशक्तिको अभाव भएको गुनासो सुनाइन्। स्वास्थ्यमन्त्री शर्माले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार