शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

जेन-जीका सबै माग पूरा गर्न सकिन्न : मन्त्री पुन

चुनाव लडेर सरकार बनाएर आफ्नै माग पूरा गर्न सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ मंसिर, २०८२ मा प्रकाशित
जेन-जीका सबै माग पूरा गर्न सकिन्न : मन्त्री पुन
फाइल तस्बिर ।
काठमाडौं, मंसिर १ :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जी २.० ले राखेका सबै माग पूरा गर्न नसकिने स्पष्ट रुपमा भनेका छन् ।  सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार जेन–जी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्ने क्रममा मन्त्री पुनले आगामी निर्वाचनमार्फत सरकार बनाएर आफ्नै माग पूरा गर्न सुझाव दिए।

मन्त्री पुनका अनुसार विद्यार्थीले राखेका मागहरू तत्काल मन्त्रालयले समाधान गर्न सकिने र नसकिने गरी छुट्टिनै पर्ने स्थिति छ। उनले कतिपय माग कार्यान्वयनयोग्य नहुने बताए। उनले भने , ‘सबै माग पूरा गर्नुपर्ने हो भने तिमीहरू नै चुनाव लड, सरकार बनाऊ, अनि आफ्नै माग आफैँ पूरा गर। क्यामेरा अगाडि बसेर होइन, गाउँ-गाउँ जाऊ।’

उनले जेन–जीका विद्यार्थीलाई काठमाडौंमा बसिरहने होइन, गाउँ फर्केर राजनीतिक नेतृत्व तयार गर्नुपर्ने सुझाव पनि दिए। पुनका अनुसार केही मागहरू विचार गर्न सकिने भए पनि सबै माग पूरा गर्न सम्भव छैन।

यसअघि जेन–जी २.० ले १६ वर्षमै एसईई पास गरी सीटीईभीटीको प्राविधिक शिक्षा लिएर देश–विदेशमा रोजगारी पाउन चाहने विद्यार्थीहरूका समस्या एक साताभित्र समाधान गर्न मागसहित ज्ञापनपत्र बुझाएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार