काठमाडौं, मंसिर ४ :

नेपाल प्रिमियर लिग एनपिील क्रिकेट अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

एनपिएलको यो शृंखलाको पाँचौँ खेल टीयु क्रिकेट मैदान कीर्तिपुरमा आज दिउँसो ४ बजे हुनेछ । लुम्बिनी लायन्स लिगमा पहिलो खेल खेल्दैछ भने चितवन राइनोज लगातार दोस्रो जित खोज्दै मैदानमा आउँदैछ ।

चितवन राइनोज कर्णाली याक्सलाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग स्पर्धामा उत्रिन लागेको हो ।

हिजोको खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्यो ।

जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका लागि बलिङमा हर्मित सिंह, हेमन्त धामी र स्कट कुइगलेनले २÷२ विकेट हात पारे ।