सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

भूमि प्रशासन कार्यालय लगनखेलका तीन जना कर्मचारी र दुईजना लेखापढी व्यवसायी घुससहित पक्राउ

सक्रिय न्युज · शनिबार, १६ साउन, २०८३ मा प्रकाशित
भूमि प्रशासन कार्यालय लगनखेलका तीन जना कर्मचारी र दुईजना लेखापढी व्यवसायी घुससहित पक्राउ
काठमाडौं, साउन १६ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी व्यवसायीले रु तीन लाख घुस मागेको भन्दै पाँच जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

सो कार्यालयका नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवालसमेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग रु तीन लाख घुस÷रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा निजहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार