नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।
बैठकमा संसद् पुनःस्थापनाको एजेन्डा, सरकारका गतिविधिहरुको मूल्यांकन र पार्टीको आगामी महाधिवेशन तयारी लगायतका विषयमा छलफल भइरहेको छ। साथै बारामा एमाले नेताहरुलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक सचिवालय बैठक च्यासलस्थित पार्टी कार्यालयमा बसेको हो। यसअघि भने सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको थियो।
बैठकले समसामयिक राजनीतिक विषयहरू बारे पार्टीको धारणा स्पष्ट गर्ने र आगामी योजनाहरू तय गर्ने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।