
फाइल तस्बिर ।
२३ सदस्यीय जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको अपेक्षा पूरा नगरेको भन्दै फिर्ता बोलाउन माग गरेका छन्। बिहीबार राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गराउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गरेका हुन्।
जेनजी समूहले भदौ २३ र २४ गतेको विद्रोहको पृष्ठभूमिमा बनेको सरकारले ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही नगरेको, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन आवश्यक भएको भए पनि त्यसो नगरेको, विद्रोहमा घाइते भएका र सहिद परिवारलाई न्यूनतम क्षतिपूर्ति नदिएको जस्ता कारणहरू औँल्याएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, ‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षा पनि पूरा नगरी केवल चुनावका लागि सरकारलाई दिशाहीन बनाएको छ। यसैले हामी विद्रोही पक्षको माग सम्बोधन नगरेको खण्डमा वर्तमान सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रपति कार्यालयले मध्यस्थता गर्नुपर्नेछ।’
सरकारले माग पूरा नगरेको खण्डमा शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम संचालन गर्ने उनीहरुले उल्लेख गरेका छन् ।