नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।
आम निर्वाचन र कांग्रेसको १५ औं महाधिवेशनका बिषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा निधिले महाधिवेशन लगाएतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्ने बताए।
कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद बिषय रहेको धारणा राखे ।
नेता निधिले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रीक पद्दतीबाट सहज रुपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए । उनले सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफूहरुको समेत सहमतिमा केन्द्रीय समितिमा पेस भएको उल्लेख गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने