सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने स्पष्ट पारेका छन् ।
बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री खरेलले प्रतिवेदनकै आधारमा टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नहुने स्पष्ट पारे।
उनले कानूनको पालना गर्दै टेलिकमलाई खरिद कार्य अघि बढाउन स्वायता प्रदान गरिएको बताए । अध्ययन प्रतिवेदन आन्तरिक प्रयोजनका लागि मात्रै भएको उनले बताए । मन्त्री खरेलले समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा समेत बुझाइने जानकारी दिए
नेपाल टेलिकमको बिलिङ ठेक्कामा बिभिन्न टिकाटिप्पणी भएपछि मन्त्री खरेलले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति गठन गरेका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने