
काठमाडौं, मंसिर ५ :
जेन-जी आन्दोलनका घाइतेहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका छन्। एमालेलाई माइतीघरमा कार्यक्रम गर्न रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्।
एमालेले युथ भोलेन्टियर्स फोर्स गठनअघि युवाहरू उतारेर माइतीघरमा प्रदर्शन गर्ने भएपछि घाइते जेन-जीहरू उत्रिएका हुन् । प्रहरीले माइकिङ गरेर सबैलाई संयमित रहन भनेको छ ।
एमालेले जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्स घोषणा गर्दैछ। एमालेका कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वर हुँदै कार्यक्रम स्थलमा पुगेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की व्यांक्वेटमा फोर्सको घोषणा गर्ने कार्यक्रम छ।