शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रचण्डलक्षित जनार्दनको टिप्पणी: पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर नयाँ पार्टी निर्माणमा लाग्यौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
प्रचण्डलक्षित जनार्दनको टिप्पणी: पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर नयाँ पार्टी निर्माणमा लाग्यौं
काठमाडौं, मंसिर ७ :

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता  जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धूपबत्ती गर्न छाडेर सक्रिय रुपमा पार्टी निर्माणमा लागेको बताएका छन्।  आइतबार पार्टी घोषणा सभामा शर्माले यस्तो बताएका हुन् ।

उनले भने, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरुले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सक्रिय भूमिका खेलेका छौँ।’

शर्माले सामन्तवादको सियासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा नयाँ प्रक्रियामा सक्रिय भएको बताए।आइतबार शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी बाट अलग भएका सन्तोष परियारबीच एकता भएको छ।

सो दलको प्रतिबद्धता पत्रमा देशको कार्यकारी प्रमुख मातहत राष्ट्रिय विकास प्राधिकरण गठन गरिने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाइने, बोली र व्यवहारमा एकरुपता हुनेलगायत विषय समेटिएको छ। नयाँ पार्टीले नेपालको राजनीतिक परिदृश्यमा प्रगतिशील विचार र लोकतान्त्रिक मूल्यहरुलाई अघि बढाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार