शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानमन्त्री सचिवालयको स्पष्टीकरण : थर र जात मिलेकै आधारमा नातेदार भनी भ्रम फैलाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ मंसिर, २०८२ मा प्रकाशित
प्रधानमन्त्री सचिवालयको स्पष्टीकरण : थर र जात मिलेकै आधारमा नातेदार भनी भ्रम फैलाइयो
काठमाडौं, मंसिर ८ :

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठका बारेमा चौतर्फी रूपमा फैलिएको ‘नातेदार नियुक्ति’ सम्बन्धी आरोपलाई असत्य र भ्रामक भन्दै कडा आपत्ति जनाएको छ।

सोमबार बिहान प्रेस संयोजक रामबहादुर रावलले जारी गरेको विज्ञप्तिमा थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती ‘नातेदारी’ जोडिएको दाबीलाई निराधार ठहर गरिएको छ।

जनेजी मुभमेन्ट नेपालले माग्यो प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा
 

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा सुरक्षात्मक रूपमा काम गर्नुपर्ने भएकाले विश्वसनीय, भरपर्दाे र चौबीसै घण्टा खटिन सक्ने व्यक्तिको कानुनसम्मत नियुक्ति गरिएको हो। यसलाई अन्यथा व्याख्या नगर्न अनुरोध गर्दछौँ।’

सचिवालयका अनुसार केही व्यक्तिहरूले थर वा जातीय समानतालाई आधार बनाएर भ्रम फैलाउने प्रयास गरेका छन्। जसले प्रमुख स्वकीय सचिवलाई अनावश्यक रूपमा लाञ्छना लगाइएको छ।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै न्यूनतम जनशक्तिबाट सचिवालय सञ्चालन गरिरहेको सचिवालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार