मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना #स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना
राजनीति

एमालेको सक्रियताले अन्य राजनीतिक दलहरूमा समेत ऊर्जा थपियो : ज्ञवाली

राजनीतिक गतिविधि बढेसँगै अराजकता घट्ने विश्वास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ मंसिर, २०८२ मा प्रकाशित
एमालेको सक्रियताले अन्य राजनीतिक दलहरूमा समेत ऊर्जा थपियो :  ज्ञवाली
फाइल तस्बिर ।
काठमाडौं, मंसिर ८ :

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताले अन्य राजनीतिक दलहरूमा समेत ऊर्जा थपिएको दाबी गरेका छन्।

जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले देशमा राजनीतिक गतिविधि बढेसँगै अराजकता घट्ने विश्वास व्यक्त गरे। उनका अनुसार मुलुकमा अहिले देश निर्माण गर्ने शक्ति र देश अस्थिर बनाउन खोज्ने प्रवृत्तिबीच स्पष्ट ध्रुवीकरण भएको छ।

ज्ञवालीले भने, ‘एमालेका कारण अरू दलहरूमा पनि ऊर्जा बढेको छ। एमालेलाई जस दिनु-नदिनु फरक विषय हो, तर जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घट्छ। एमाले फेरि लयमा फर्किएको छ।’

बैठकलाई बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले  पनि सम्बोधन गरेका थिए । उनले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी दिए। बैठकले विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार