बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

जनकपुरमा विवाह पञ्चमीको रौनक [तस्वीरसहित]

स्वयम्बरमा हेलिकप्टरबाट पुष्पवृष्टि
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ मंसिर, २०८२ मा प्रकाशित
जनकपुरमा विवाह पञ्चमीको रौनक [तस्वीरसहित]
जनकपुर, मंसिर ९ :

देशभर राम-सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

त्रेया युगमा भए जस्तै विवाह पञ्चमी महोत्सवको मुख्य दिन आज  राम र जानकीको विवाह गर्ने प्रचलन छ । सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।

आज दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्र बिघामा राम र जानकीको स्वयम्बर गरिएको छ ।दिउँसो साधुशन्तको अगुवाइमा  जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर भव्य रूपमा स्वयम्बर भएको हो ।

डोला र स्वयम्बरको दर्शन गर्न बाह्रबिघा मैदानसम्म दर्शनार्थीको भीड छ । स्वयम्बरको बेला हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ । वैदिक परम्परा अनुसार रातभर विवाहको काज हुने छ । 

 

 

 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार