
काठमाडौं, मंसिर १० :
प्रधानमन्त्री सुशीला कार्कीले एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताएकी छिन्। बुधबार बसेको त्रिभुवन विश्वविद्यालयको साधारण सभा बैठकमा उनले एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न नसक्ने बताएकी हुन् । विज्ञमार्फत नै कुलपति चयन गर्नु उपयुक्त हुने प्रधानमन्त्री कार्कीको धारणा छ ।
उनले भनिन्,‘९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न सकिँदैन ।’
पोलिटिक्सका कारणले कहिल्यै निश्चित समयमा सभा नहुने गरेको जनाउँदै विश्वविद्यालयले आफ्नको कार्यक्रम आफैं बनाउन पाउनु पर्नेमा जोड दिइन् । विश्वविद्यालयले आफैं आर्जन गर्नुपर्छ तर सरकारले अनुदानमा मद्दत गर्नुपर्ने बताइन्।