काठमाडौं, मंसिर ११ :

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ ।

अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो । 

आजको खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ ।

चौध टोलीबीच चार समूहमा विभाजन गरी भइरहेकोको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये  पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।