बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

बारामा चिनियाँ नागरिक र मुस्लिम बालिकाबीचको विवाह प्रयास प्रहरीले रोक्यो

बेहुला-बेहुलीसहित ३ जना पक्राउ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
बारामा चिनियाँ नागरिक र मुस्लिम बालिकाबीचको विवाह प्रयास प्रहरीले रोक्यो
प्रतीकात्मकर तस्बिर ।
बारा, मंसिर ११ :

बारामा एक चिनियाँ नागरिकले मुस्लिम समुदायकी बालिकासँग विवाह गर्न खोजेको घटनालाई प्रहरीले रोकिदिएको छ। 

करैयामाई गाउँपालिका–१ हरैयाबाट बुधवार मध्यराति बेहुला–बेहुली र बेहुलीका बाबु जाकिर हुसेनसहित ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।

उनका अनुसार विवाह उमेर नपुगेको तथा अनमेल विवाहको आशंकामा गहिरो अनुसन्धान भइरहेको छ। स्थानीयका अनुसार अहिले गाउँमा चिनियाँ नागरिकसँग विवाह गराइने घटना बढेको छ । बिचौलियाले आर्थिक प्रलोभनमा यस्ता विवाह गराउने गरेको छन्। एक वर्षयता त्यस्तै ३ घटना देखिएका छन्।

वडाध्यक्ष सोनालाल साहका अनुसार बेहुली १८ वर्षकी थिइन् र विवाह कानुनतः मिल्दैन। उनले यस्तो प्रकारको विवाह गाउँका लागि नयाँ र आश्चर्यजनक भएको टिप्पणी गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार