काठमाडौं, मंसिर ११ :

नेकपा एमालेले दायर गरेको संसद् विघटनविरुद्धको रिटको पेसी तोकिएको छ । मंगलबार दायर रिटको पेसी मंसिर १७ गतेको लागि तोकिएको नेता महेश बर्तौलाले जानकारी दिए ।

मंगलबार संसद् पुनःस्थापनाको माग एमालेकातर्फबाट विघटित संसदीय दलका प्रमुख सचेतक बर्तौला र सचेतक सुनिता बरालले रिट निवेदन दायर गरेका थिए।

जेनजीहरूको माग अनुसार भदौ २७ संसद विघटन भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिए लगत्तै संसद विघटनको सिफारिस गरेकी थिइन्।

संसद विघटनसँगै आगामी फागुन २१ गतेका लागि चुनावको मिति तय भएको छ। नेकपा एमाले संसद् पुन:स्थापनाको आशमा बसेको छ । तथापि निर्वाचन प्रयोजनका लागि भन्दै ढिलो गरी निर्वाचनमा दल दर्ता गराएको छ ।