बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश कोसी प्रदेश

जेनजी आन्दोलनमा तोडफोड भएका सीसीटीभी मर्मतपछि संचालनमा ल्याइँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ मंसिर, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा तोडफोड भएका सीसीटीभी मर्मतपछि संचालनमा ल्याइँदै
विराटनगर, मंसिर १२ :

जेनजी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोसी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सीसीटीभी क्यामराहरु मर्मत सम्भार गरेर पुनः संचालनमा ल्याइने भएको छ ।

सीसीटीभी मर्मत सम्भारका लागि करिब साढे २४ लाख रुपैयाको लागत खर्च लाग्नेमा युएनभीले साढे १४ लाख रुपैया र मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले बाकी १० लाख रुपैया उपलव्ध गराउने भएका छन् ।

व्यवसायिक सामाजिक उत्तरदायित्व अर्थात सिएसआर अन्तर्गत मर्मत सम्भार हुन लागेको सो कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय मोरङका र युनिभ्यु ब्राण्डको आयातकर्ता प्लाजा सेल्स प्रालिबीच सम्झौता भएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले र्सार्वजनिक क्षेत्रको निगरानी प्रणालीका लागि सीसीटीभी क्यामेरा अपरिहार्य रहेको र सुरक्षा व्यवस्था मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

जेनजी आन्दोलनका क्रममा धेरै सीसीटीभी क्यामेरा तोडफोड गरिएको थियो भने केही थान चोरि भएको थियो । विराटनगरको रानी देखि बुढीगंगा गाँउपालिका र विराटनगर क्षेत्रमा १५६ वटा सीसीटीभी क्यामेरा रहेकोमा जेनजी आन्दोलनका क्रममा १ सय २२ वटा क्षतिग्रस्त तुल्याइएको थियो भने हाल ३४ वटा मात्रै संचालनमा रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार