जेनजी युवाको एक समूहले जेन-जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जेन-जी २.० समूहले शुक्रबार काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषि देखिएकालाई कारबाही गर्न माग गरेका छन् ।
साथै उनीहरुले भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । उनीहरुले जेनजी आन्दोलनमा मागहरु तत्काल पुरा गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।