आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार खेलकुद क्रिकेट

आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

· शनिबार, १३ मंसिर, २०८२ मा प्रकाशित
आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौं, मंसिर १३ :

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि दुई खेल हुँदैछन् ।

त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११:४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ ।

लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।

यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ ।  अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ ।

यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार