
ललितपुर, मंसिर १४ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय अनुसार पार्टीमा हस्तान्तरण र पुस्तान्तरण हुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । उनले अधिवेशन हुँदा केही हट्ने र केही नयाँ थपिने हुँदा हस्तान्तरण र पुस्तान्तरण भनिरहनुपर्ने विषय नभएको बताए
अधिवेशन पनि सोही कारण गर्नपर्ने भन्दै ओलीले एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न कसैलाई नरोक्ने बताए । उनले त्यसो भनिरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नजिकै बसेका थिए । यस पटकको महाधिवेशनमा अध्यक्ष पदमा पोखरेलले उठ्ने घोषणा गरिसकेका छन् । तर शनिबार भएको महाधिवेशन प्रतिनिधि छनोटको नतिजाले ओलीलाई बलियो देखाएका छन्।