बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

तत्कालीन गृहसचिव दुवाडीको जवाफ- सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाउँदा हताहती हुन पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ मंसिर, २०८२ मा प्रकाशित
तत्कालीन गृहसचिव दुवाडीको जवाफ- सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाउँदा हताहती हुन पुग्यो
काठमाडौं, मंसिर १५ :

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले भदौ २३ गते सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाउँदा हताहती भएको दाबी गरेका छन् । 

सर्वोच्चलाई लिखित जवाफ दिँदै  दुवाडीले सुरक्षाकर्मीहरूले आत्मरक्षा र हातहतियारको रक्षाका लागि गोली चलेको दाबी गरेका हुन् ।

शान्तिपूर्वक भेला हुने भनेर अनुमति लिएका प्रदर्शनकारीहरू सरकारी एवं सार्वजनिक क्षेत्रमा गएको र त्यसले सुरक्षाकर्मीका हातहतियार र गोलीगट्ठाको सुरक्षामा असर परेको हुँदा बल प्रयोग भएको उनको जवाफमा उल्लेख छ ।

उनले भने,‘शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीले कानुन बमोजिम आत्मरक्षा, हातहतियारको रक्षा गर्न सुरक्षा उपाय अपनाउनैपर्ने हुन्छ।’

उनले सुरक्षाकर्मीहरूले जिम्मेवारी निर्वाह गरेको विषयमा कसैले कारबाहीको माग गर्न नहुने बताए । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले दुवाडीलाई गृह मन्त्रालयबाट राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरेको थियो । उनी ७ मंसिरबाट अनिवार्य अवकाशमा गएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार