शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

एम्बुलेन्स दुर्घटनाका घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ मंसिर, २०८२ मा प्रकाशित
एम्बुलेन्स दुर्घटनाका घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
भोजपुर, मंसिर १६ :

भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए । प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार