काठमाडौं, मंसिर १७ :

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत अबेईमा नयाँ फोर्स कमान्डर नियुक्त गरिएको छ।   

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले उनलाई नयाँ फोर्स कमान्डर नियुक्त गरेका हुन् । यसअघि यो जिम्मेवारी घानाका मेजर जनरल रोबर्ट याब अफ्रामले सम्हाल्दै आएका थिए।

कात्तिक २ मा रथीमा बढुवा भएका उनले ३६ वर्ष सैनिक पेसामा बिताएका छन् । उनले वीरेन्द्र सैनिक अस्पतालमा प्रशासनिक रजिस्ट्रार, जंगीअड्डामा नीति तथा योजना निर्देशनालय प्रमुख र १६ र ९ नम्बर बाहिनीको कमान्डरका रूपमा पनि काम गरिसकेका छन्।

साथै श्रेठले चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट इन्टरनेसनल कलज अफ डिफेन्स स्टडिजमा मिलिट्री साइन्स र स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर अध्ययन गरेका छन्।