फाइल तस्बिर ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका तयारीबारे व्यापक छलफल गर्न विघटित प्रतिनिधि सभामा रहेका पाँच दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक आह्वान गरेकी छिन्। बैठक शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ।
निर्वाचनको वातावरण निर्माणबारे केन्द्रित हुने बैठकमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दोस्रो तहका नेताहरू सहभागी हुनेछन्। दलहरूले यसअघि भएका छलफलहरूमा झैँ यसपटक पनि दोस्रो तहका नेताहरू पठाउने तयारी गरेका छन्।
यस्तै बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरू तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू समेत उपस्थित रहनेछन्। प्रधानमन्त्रीसँगै सम्बन्धित मन्त्रीहरू पनि बैठकमा सहभागी हुने स्रोतले जनाएको छ।
यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा छलफल गरेकी प्रधानमन्त्री कार्कीले यसपटक भने राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन । राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ ।