मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ #कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ
राजनीति

महाधिवेशनले केपी ओलीलाई नै अध्यक्ष चयन गर्नेछ : विष्णु रिमाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ मंसिर, २०८२ मा प्रकाशित
महाधिवेशनले केपी ओलीलाई नै अध्यक्ष चयन गर्नेछ :  विष्णु रिमाल
काठमाडौं, मंसिर १८ :

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको महाधिवेशनले केपी ओलीलाई नै अध्यक्ष चयन गर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष पदमा करिब सहमति भइसकेको भन्दै यसमा कुनै विवाद नरहेका दाबी गरे ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर एमाले अघि बढेकाले स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी ओलीमा मात्रै रहेको जिकिर गरे ।

रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने समेत बताए । लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने उनले बताए ।

एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४०० प्रतिनिधि रहने उनले बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार