सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

सरकारले फिर्ता बोलाएका मध्ये ६ राजदूतले राजीनामा दिइसके

पाँच राजदूत दैनिक हाजिरी गर्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ मंसिर, २०८२ मा प्रकाशित
सरकारले फिर्ता बोलाएका मध्ये ६ राजदूतले राजीनामा दिइसके
काठमाडौं, मंसिर १९ :

सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन् । परराष्ट्र मन्त्रालयमा कामकाज गर्न बोलाइएका ११ मध्ये हालसम्म ६ जनाको राजीनामा स्वीकृत भइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, मलेसियाका लागि राजदूत डा. नेत्रप्रसाद तिमल्सिना, अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र कतारस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेलले राजीनामा दिएका हुन् ।

विदेशबाट फर्किए लगत्तै उनीहरूले राजीनामा दिएका र सरकारसमक्ष स्वीकृति प्रक्रियासमेत पूरा भएको प्रवक्ता क्षेत्रीले बताए । सरकारले असोज ३० मा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि अदालतले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

हाल मन्त्रालयमा पाँच राजदूत शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान) ले हाजिरी गरिरहेका  छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार