बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा #सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा
राजनीति प्रदेश बागमती प्रदेश

आफूले बोलेका सबै कुरा पूरा गरे : मेयर महर्जन

सबै नगरपालिकाभन्दा राम्रो काम गरेको दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ मंसिर, २०८२ मा प्रकाशित
आफूले बोलेका सबै कुरा पूरा गरे : मेयर महर्जन
ललितपुर, मंसिर १९ :

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी गरेका छन् । 

२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस-२०८२ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मेयर महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाभन्दा राम्रो काम गरेको समेत बताए ।

राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत  मेयर महर्जनले उल्लेख गरे । सबैभन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले आभारसमेत व्यक्त गरे ।

कार्यक्रममा मेयर महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथले नै महानगरको स्वास्थ्य क्षेत्र उत्कृष्ट भएको बताए । जनताको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महानगरले स्रोत र साधनको कमी हुन नदिने उनको भनाइ छ ।

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार