
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सरकारलाई आगामी निर्वाचनमा मात्र केन्द्रित हुन सुझाव दिएका छन्।
निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी बैठकमा दलहरूले आफ्नो तयारीबारे जानकारी गराउँदै चुनावलाई प्राथमिकतामा राख्न आग्रह गरेको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले बताए।
उनका अनुसार दलहरूले वर्तमान सरकार सामान्य परिस्थितिमा बनेको नभएकाले यसले अन्य विषयमा ध्यान नदिई केवल चुनाव सफलतापूर्वक सम्पन्न गराउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले पनि राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको बताउँदै निर्वाचनका तयारीलाई सहज बनाउन सबैलाई साथ दिन आग्रह गरिन्। केही आशंकाबीच धेरैजसो दलले चुनावमा सहभागिताका लागि तयारी गरिएको जानकारी बैठकमा दिएका थिए।