आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक डंगोलद्वारा पदभार ग्रहण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ मंसिर, २०८२ मा प्रकाशित
नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक डंगोलद्वारा पदभार ग्रहण
काठमाडौं, मंसिर २२ :

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक मुकेश डंगोलले सोमबार पदभार ग्रहण गरेका छन् । नवनियुक्त महानिर्देशक डंगोललाई उपमहानिर्देशक देवचन्द्र लाल कर्णले स्वागत गरेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव  डंगोललाई प्राधिकरणको समेत कामकाज हेर्नेगरी महानिर्देशकको जिम्मेवारी दिएकी थिइन् ।तत्कालीन महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेपछि सो पद रिक्त थियो ।

अख्तियारले तत्कालीन महानिर्देशक अधिकारीलाई भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए । विशेष अदालतले उनलाई आइतबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी थुनामा पुगेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार