शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

७७ वटै जिल्ला प्रशासनमा जेनजी सहिदको नामावली राख्न गृहको परिपत्र

तीन दिनभित्रमा राख्ने व्यवस्था मिलाउन निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ मंसिर, २०८२ मा प्रकाशित
७७ वटै जिल्ला प्रशासनमा जेनजी सहिदको नामावली राख्न गृहको परिपत्र
काठमाडौं, मंसिर २२ :

गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जना जेनजी सुशासन योद्धाको नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त व्यवस्था गर्नेसम्बन्धी आजै मन्त्रिस्तरीय निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो । सहिद घोषणासम्बन्धी सूचना गत कात्तिक १७ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार